३ जना एआईजीको पदस्थापन, प्रशासनमा रविन्द्र धानुक
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ३ जनालाई पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि ब्यूरोमा कार्यरत थिए ।
कार्य विभागमा कार्यरत रबिन्द्रबहादुर धानुकलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । प्रदेश समन्वय विभागमा वसन्तकुमार पन्तलाई पदस्थापन गरिएको छ । एआईजी पन्त आईजीपी शैलेश थापाका ब्याचमेट हुन् । उनी आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
बिहीबार बिहान मन्त्रिपरिषद्ले उनिहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।
बढुवाको निर्णयविरुद्ध वरियतामा अगाडि रहेका ३ जना डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन् । डीआईजी ईश्वरबावु कार्कीले दायर गरेको रिट दर्ता भएको छ । डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट दर्ता हुन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण