३ जना एआईजीको पदस्थापन, प्रशासनमा रविन्द्र धानुक

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ३ जनालाई पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि ब्यूरोमा कार्यरत थिए ।
कार्य विभागमा कार्यरत रबिन्द्रबहादुर धानुकलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । प्रदेश समन्वय विभागमा वसन्तकुमार पन्तलाई पदस्थापन गरिएको छ । एआईजी पन्त आईजीपी शैलेश थापाका ब्याचमेट हुन् । उनी आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
बिहीबार बिहान मन्त्रिपरिषद्ले उनिहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।
बढुवाको निर्णयविरुद्ध वरियतामा अगाडि रहेका ३ जना डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन् । डीआईजी ईश्वरबावु कार्कीले दायर गरेको रिट दर्ता भएको छ । डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट दर्ता हुन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
शिक्षक आन्दोलनको प्रभाव : काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह