सरकारी कर्मचारीसहित दुई जनाको गोली हानी हत्या गर्ने पटेल पक्राउ
उद्योगमा बम प्रहार गर्ने तथा दुई जनाको गोली हानी हत्या गर्ने एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बिहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २१ पटेलनगर बस्ने ४० वर्षीय रविन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
विशेष सूचनाको आधारमा पटेललाई बीरगंज महानगरपालिका १४ गण्डकबाट पक्राउ गरिएको उनले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतको २०७१ असार १७ गते भएको फैसला अनुसार पटेललाई १९ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भएको थियो ।
फरार अपराधी पटेलले पर्सा महुवन गाविस वडा नं.३ बस्ने वर्ष ४५ को कुचन साह कानुलाई गाउँ नजिकै २०६४ भदौ ९ गते गोली हानी हत्या गरेको प्रमाण भेटिएपछि अदालतले उनलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो ।
पटेलले कानुको हत्यापछि २०६५ असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कर्मचारी मोहन मैनालीको गोली हानी हत्या गरेका थिए । त्यसको केही दिनमै पटेलले २०६६ जेठ १३ गते प्रो.बायोटेक प्रालिमा कार्यरत प्रशासकीय अधिकृत सोचनप्रसाद यादव माथि बम प्रहार समेत गरेको प्रहरीले जनाएको छ ।
यस्ता दर्जनौ अपराधिक घटनामा संलग्न रही अदालतबाट कैद सजाय समेत पाएका पटेल पछिल्लो समय लुकिछिपी बस्दै आएका थिए । प्रहरीले पटेललाई पक्राउ गर्न चासो नदेखाउँदा उनी अहिलेसम्म अदालतको फरार सूचीमा रहेका थिए ।
अदालतको फैसला कार्यान्वयन गराउन वारम्वार ताकेदा आएपछि प्रहरीले पटेललाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो । अदालतले कैद सजाय भुक्तानका लागि पटेललाई वीरगञ्ज चलान गरेको डिएसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण