एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीको रिट दर्ता

एआईजीमा बढुवा भएका ३ जना अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउँदै गर्दा सर्वोच्चमा सो निर्णय बिरुद्ध रिट दर्ता भएको छ । आईजीपी क्षेत्रीकै ब्याचमेट ईश्वरबाबु कार्कीले वारेस केशव पौडेलमार्फत ल्याएको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले रातोपाटीलाई बताए ।
अरु दुईजना डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीले ल्याएको रिट निवेदन अध्ययन भइरहेको प्रवक्ता पौडेलले बताए । बिहिबार मन्त्रिपरिषद्ले धीरज प्रताप सिंह, बसन्त कुमार पन्त र रविन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय बिरुद्ध ३ एआईजी अदालत गएका हुन् ।
बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै ३ जना डीआईजीले यसअघि लोकसेवा आयोग स्थित बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । तर, सो समितीले चैत १ मा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितीले गरेको बढुवा सिफारिस सदर गरेको थियो । त्यसपछि डिआईजीहरु अदालत पुगेका हुन् । बढुवा बिरुद्ध उजुरी गर्ने तिनै जना डीआईजी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकीले कम्पनी छाड्दै
-
यस्तो छ आगामी साता सार्वजनिक हुने एमजी एस फाइभ ईभी गाडीको टेस्ट ड्राइभ
-
सरकारद्वारा ७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)
-
सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल
-
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन
-
बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’