एमालेको आर्थिक अभियान : ‘फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड’
नेकपा एमालेले आर्थिक कोष व्यवस्थापन अन्तर्गत फाइभ थाउजेण्ड बाई फाइभ थाउजेण्ड अभियान कार्यान्वयनमा ल्याउने भएको छ । जसअनुसार एमालेका उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले रकम जम्मा गर्नुपर्नेछ ।
साथै पार्टीका नाममा रहेका बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील गराएको एमालेले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिला जारी गरेको (अपानी –१०) मा निष्क्रिय केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ को व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरेको उल्लेख छ ।
‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान)’ प्रस्ताव गर्नुभयो । एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरी नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्यो ।’
एमालेले जारी गरेको अपानीमा आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक पार्टी सदस्यको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण