सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा गठबन्धन गर्न सुदूरपश्चिम सरकारमा काँग्रेसको सहभागिता हुनुपर्छ : नैनसिंह  महर

बिहीबार, १७ चैत २०७८, १६ : ३१
बिहीबार, १७ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिता हुनुपर्ने बताएका छन्। उनले आगामी स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन सुदूरपश्चिम प्रदेशको सरकारमा काँग्रेसको सहभागिता नभएसम्म कार्यान्वयनमा कठिनाइ हुने धारणा राखेका हुन् ।

स्थानीय निर्वाचन परिचालन समितिका संयोजक एवं काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको परिचालन समितिको बैठकमा नेता महरले काँग्रेसको नेतृत्वमा केन्द्र र ६ वटा प्रदेशमा गठबन्धनको सरकार बनेको अवस्थामा सुदूरपश्चिममा पनि बन्नु पर्ने धारणा राखेका छन् ।

'​केन्द्रदेखि ६ प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बनेको छ । जुन सुखद् कुरा हो । तर, सुदूरपश्चिम प्रदेशमा गठबन्धन किन नहुनेरु,'​ महरले प्रश्न गरे ।

पटक-पटक सुदूरपश्चिम प्रदेशका काँग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई यसबारेमा अवगत गराउँदा पनि सरकारमा किन काँग्रेसलाई सहभागी गराइएन भन्दै उनले प्रश्न गरेका हुन् । यसर्थ सुदूरपश्चिममा स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन सुदूरपश्चिम सरकारमा काँग्रेसलाई अनिवार्य सहभागी गराउनुपर्ने नेता महरको धारणा छ ।

उनले यसले गठबन्धनको संस्कृति अगाडि बढाउन बल पुर्‍याउने बताएका छन् । सुदूरपश्चिममा गठबन्धनको सरकारमा काँग्रेस सहभागी भए त्यसले केन्द्रमा समेत सकरात्मक प्रभाव पार्ने बताए ।

सानेपामा जारी काँग्रेस परिचालन समितिको बैठकमा उपसभापति धनराज गुरुङ , महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू, प्रवक्ता प्रकाशशरण महत लगायत ४८ बढी केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप