सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

शुक्रबारदेखि तराई मधेश राष्ट्रिय अभियानको भेला हुने

बिहीबार, १७ चैत २०७८, १६ : १२
बिहीबार, १७ चैत २०७८

तराई मधेश राष्ट्रिय अभियानको राष्ट्रिय भेला हुने भएको छ । तराई मधेशको मुद्दामा खबरदारी गर्दै आएका अभियानको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने बताइएको हो । 

अभियानका संयोजक एवं अधिवक्ता विकास ठाकुरले राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । दुई दिनसम्म चल्ने सो राष्ट्रिय भेलमा अभियानको तर्फबाट राजनीतिक एवं समाजिक प्रतिवेदन र अभियानको अवधारणा  प्रस्तुत हुने उनले बताए । भेलाले अभियानको विधान पनि पारित गर्नुको साथै नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ । अहिले अभियानमा एकजना संयोजक र बाँकी सबैजना केन्द्रीय सदस्य रहेका छन् । ३५ सदस्यीय केन्द्रीय समिति रहेको छ । संयोजक ठाकुरले अभियान राजनीतिक दल नभएको तर यसको संरचना र अवधारणा राजनीतिक दल जस्तै भएकाले तराई मधेशमा राजनीतिक दल जस्तै स्वतन्त्र रुपमा काम गरिरहेको बताए । 

संविधान संशोधनको मुद्दादेखि लिएर नागरिकताको सवाल, भाषा, समानुपातिक समावेशी, आरक्षण, नीति निर्माणका लगायतका क्षेत्रमा काम गरिरहेको छ । आठ वर्षअघि गठन भएको यस अभियानको संगठन तराई मधेशका २२ वटै जिल्ला तथा बंगलादेश, अमेरिका, कतार र मलेसियामा पनि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप