टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा
बिहीबार, १७ चैत २०७८, १५ : ३६
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ ।
करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।
करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए ।
आजको खेलसँगै नेपाली टिमको समेत टी–२० खेलमा ५० खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या