बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

बीवाइडीको नेपालमा ६ वर्ष, नयाँ’एक्सपेरियन्स’प्रदान गर्ने   प्रतिवद्ध

बिहीबार, १७ चैत २०७८, १४ : ३७
बिहीबार, १७ चैत २०७८

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।

बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका   व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्दै आएका छन् ।  

बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रुपमाप्रयोग हुँदै आएको छ । बीवाइडीले विगतमा विक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक संतुष्ट रहेको जनाएको छ । विश्व बैकल्पीक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अवस्थामा नेपालमानयाँ  विद्युतीय गाडी ल्याएर ग्राहकलाई सेवादिन प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ ।

इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कम्पनीबाट बीवाइडीका ग्राहकलाई सेवा लिन आग्रह गरिन् । बीवाइडीले आफ्नो व्यवसायीको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ मोडल ल्याउने योजना बनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप