बीवाइडीको नेपालमा ६ वर्ष, नयाँ’एक्सपेरियन्स’प्रदान गर्ने प्रतिवद्ध
साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।
बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्दै आएका छन् ।
बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रुपमाप्रयोग हुँदै आएको छ । बीवाइडीले विगतमा विक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक संतुष्ट रहेको जनाएको छ । विश्व बैकल्पीक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अवस्थामा नेपालमानयाँ विद्युतीय गाडी ल्याएर ग्राहकलाई सेवादिन प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ ।
इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कम्पनीबाट बीवाइडीका ग्राहकलाई सेवा लिन आग्रह गरिन् । बीवाइडीले आफ्नो व्यवसायीको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ मोडल ल्याउने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध