शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

बिहीबार, १७ चैत २०७८, १४ : ३६
बिहीबार, १७ चैत २०७८

जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन् ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम कारबाही हुने प्रजिअ आचार्यले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप