बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ

बिहीबार, १७ चैत २०७८, १४ : ३०
बिहीबार, १७ चैत २०७८

सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी  नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनको साथबाट लागु औषध निट्रोसन आर  ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ । 

पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप