जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए ।
महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’
उनले अघि थप्दै भने, ‘एमालेको मुख्य एजेण्डा विकास र समृद्धि छ, गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा हो ।’
उनले एमाले विरुद्ध मधेसमा सामन्ती मनोवृत्ति कायमै रहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताए । विगतमा ‘रे नही, जी कहो भन्ने अभियान नै चलाएको बताउँदै उनले सामन्त मनोवृत्तिको नास हुनु जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक