लोसपाको बैठक : सरकारको विषयमा प्रश्न

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ ।
यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुनाले यो बैठकबाट संगठनको काम सकाएर जिम्मेवारीसहित पार्टीलाई चुनावमा होमिनुपर्ने सुझावहरु आएको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।
सरकारमा जाने विषय बाहिर आएकाले वास्तविकता नेतृत्व पंक्तिले बताउनुपर्ने धारणा नेताहरुले राखेका थिए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिले सञ्चारमाध्यममा मात्र चर्चा भएको सो क्रममा बताएका थिए ।
मधेशको मुद्दा र एजेण्डाको विषय स्पष्ट नगरेसम्म सरकारमा सहभागी हुने कुरा नहुने कुरा उनले बैठकमा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान