बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

बिहीबार, १७ चैत २०७८, १३ : ५१
बिहीबार, १७ चैत २०७८

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् ।  ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो ।  ठक्कर दिने ट्रकसहित चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप