बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु

बिहीबार, १७ चैत २०७८, १३ : ३८
बिहीबार, १७ चैत २०७८

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार स्थानीय पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।

जनकपुरबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको उक्त बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लामिछाने गम्भिर घाइते भएका थिए । घाइते लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप