सत्ता गठबन्धन बैठक : सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान गर्न सुझाव
बिहीबार, १७ चैत २०७८, १३ : १८

गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’ प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन् ।
गठबन्धनको अर्को बैठक चैत २१ गते बस्ने पौडेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री
-
पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग