स्थानीय चुनावमा ‘ठेकेदार’ उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध निर्माण व्यवसायी अदालत जाने

नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंहले रातोपाटीलाई जानकारी दिए ।
उनले आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै त्यसका लागि कानुनी उपचार खोज्ने बताए । उनले भने–‘आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्धमा छ । यसबारे हामीले कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ । महासंघको तर्फबाट अदालत जाने कि ब्यक्तिको तर्फबाट जाने भन्ने बारेमा छलफल भइरहेको छ । यसबारेमा हामी छिट्टै विज्ञप्ति पनि जारी गर्दैछौँ ।’
बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो । एक अध्ययन अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत गरेर ठेक्कापट्टामा सहभागी १६९ जनप्रतिनिधि निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?
-
ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न
-
आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा
-
वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्ती नियुक्त