शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मी : रिङरोड निमाणका लागि झण्डै चार करोड बजेट स्वीकृत

बिहीबार, १७ चैत २०७८, १२ : ५१
बिहीबार, १७ चैत २०७८

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा  रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका  उपाध्यक्ष वामदेव क्षेत्रीले जानकारी दिए । 

उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन् ।

रुरुक्षेत्र गाउँपालिकाका वासिन्दा तथा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाई  पनि अब भने बलेटक्सारवासीको  सपना पुरा गरिने बताए ।

बहुबर्षिय योजनामा परेको  बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड  समानान्तर ढंगले निर्माण हुने उनले बताए । 
 
बराल मन्त्री छँदा उनका स्वकिय सचिव रहे यता यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा  विकास योजनाहरु थुप्रै स्थानमा पारेको स्थानीयवासीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप