मधेश प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण
![मधेश प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण](https://rpcdn.ratopati.com/media/albums/madhes-mukhyalaya_X5GgKz3pz4.jpg)
मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर वृद्धको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहार कुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव रहेको छ ।
केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आउनुभएका यादव आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीय सार्वजनिक
-
युरोप निर्यात हुन थाले सुपारीको पातका बटुका
-
ज्ञानेन्द्र शाहीको प्रश्न : बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?
-
एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि बालेनले भने– सरी नानु !
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’