अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको बताएका छन् । अध्यक्ष भट्टराईले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको समेत बताए ।
रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले भने, ‘अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’
भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको दाबी समेत गरे । उनले अहिले राष्ट्रियताको प्रश्न अहम नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ । भारत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनैपर्छ । महाशक्तिहरुको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । मिडिया जगतले प्रधानता दिओस् । युक्रेनको घट्ना हामीलाई ठूलो पाठ हुनसक्छ । विश्व महाशक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।’
आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको उनले स्वीकारे । उनले भने, ‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ । आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा