अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको बताएका छन् । अध्यक्ष भट्टराईले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको समेत बताए ।
रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले भने, ‘अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’
भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको दाबी समेत गरे । उनले अहिले राष्ट्रियताको प्रश्न अहम नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ । भारत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनैपर्छ । महाशक्तिहरुको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । मिडिया जगतले प्रधानता दिओस् । युक्रेनको घट्ना हामीलाई ठूलो पाठ हुनसक्छ । विश्व महाशक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।’
आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको उनले स्वीकारे । उनले भने, ‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ । आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण