ad
x
ऐतिहासिक व्यक्तित्व

....त्यसपछि पृथ्वीनारायण शाहले बिसे नगर्चीको साथ कहिल्यै छाडेनन्

person explore access_timeचैत १७, २०७८ chat_bubble_outline0

‘जदौ महाराज !’


‘भन् बिस्या ! किन आइस् ।’



‘एउटा कुरा सोध्न्या मनसुवा थिया महाराज !’

‘भन् न बिस्या ! के कुरा हो ।’

‘सरकार चिन्तित भइस्या देख्याछु नि हो ?’

‘हो, बिस्या ! ठीकै अनुमान लगाइस् ।’

‘कारण क्या प-या हुन् कुन्नि ।’

‘के भन्या खोइ ? नेपाल हान्या सोच बुबाको हजुर हुँदाखेरीदेखि कै हो तर नुवाकोटै दखल हुन सक्या होइन ।’

‘यस्तो त भइरहन्या हो महाराज ! एकाध पटक हार्दैमा हा-या मान्या हो र ?’

‘त्यो त होइन ।’

‘अनि ?’

‘प्रष्ट भन् न बिस्या ! के भन्न खोज्या छस् ।’

‘राम्रो साइत हेराएर हान्न जान्या नि महाराज !’

‘त्यो त हो तर यत्तिकै हान्न जान पनि भया न । पहिले जस्तै हुन सक्न्या छ । तलाई थाहै छ नुवाकोट हान्ने सोच बुबा हजुरले पनि गरिस्या हो । मैले पनि गरिसक्याँ, केही भया न । यत्तिकै जाँदा फेरि त्यस्तै नहोला भन्या छैन । हतियार थपौँ हाल दरबार पहिल्या जस्तो बलिया रयान ।’

‘लिस्योस् महाराज ! एक रूपियाँ ।’

‘यो के ?’

‘सहयोग महाराज !’

‘जिस्क्याउन खोज्या छस् ?’

‘होइन महाराज !’

‘एक रूपियाँले क्या गन्र्या त ?’

‘रिसानी माफ होस् महाराज !’

‘कुरै त्यस्तै ग-या छस् त ।’

‘गोरखामा कति घरधुरी रह्या छन् महाराज !’

‘बाह्र हजार ।’

‘सबैसँग एकएक रूपियाँ लिन्या हो भन्या बाह्र हजार हुन्छ । त्यति भएपछि त हतियार किन्न पुग्न्या होइन र महाराज !’

‘अति उत्तम कुरा गरिस् बिस्या ! त्यता सोच्याकै रह्या न छु तर...।’

‘तर ? के तर महाराज !’

‘यही कि यस भूखण्डका राज्य रजौटा आफन्तै हुन् । सबैलाई एउटै राज्यको विशाल छायामा समेट्न सक्या सबैको भलो हुन्या थ्यो । बाहिरकाले आँखा लगाउन सक्न्या थियानन् ।’

‘त्यो त हो तर उनीहरूले पनि आफन्त नै मान्या हुन् र ?’

‘त्यसैले त अफ्ठ्यारो प-या नि ।’

‘आफन्त बनाउन्या विचार पो गन्र्या हो कि ?’

‘बनाउन खोजेर कहाँ हुन्या हो र भावनामा भर पन्र्या कुरा हुन् ।’

‘एउटा कुरा भनौँ ?’

‘भन् बिस्या ! निर्धक्क भन् ।’

‘सानो मुखका ठूला बात हुन्या हो कि ?’

‘हुँदैन बिस्या ! हुँदैन । तँ बुबाको दौँतरी, बुबाकै उमेरको छस् । बुबाकै पालादेखि दरबारको नगरा बजाउँदै आया होस्, परिवारको सदस्य नै होस् । मना लाग्या कुरा ढुक्क भन्न सक्छस् ।’

‘महाराजको गोत्र क्या हो कुन्नि ?’

‘भारद्वाज ।’

‘सबैका गोत्र यही हुन्या हो ?’

‘होइन थरपिछे अलग हुन्या गर्छन् ।’

‘एउटै गोत्र बनाउन सकिन्या होइन ?’

‘अरूले मान्नुप-या न ?’

‘अरूलाई आफ्नो गोत्रमा ल्याउन सकिन्न भन्या हो ?’

‘आफैँ त त्यस्तै हो ।’

‘अरूलाई आफ्नो गोत्रमा ल्याउन नसक्या पनि आफू अरूको गोत्रमा जान नसकिन्या त होइन होला नि ?’

‘खोइ, त्यो त थाहा छैन तर यसले क्या फरक पान्र्या हो र ?’

‘सबैको गोत्र एउटै भयापछि नजिक ल्याउन सहयोग पुग्न्या हो कि भन्या महाराज !’

‘कुरा त हो तर सबैलाई समेट्ने गोत्र पो हुन्या हो कि होइन कुुन्नि ।’

‘गुरुपुरोहितसँग सल्लाह गरिस्योस् न महाराज !’

‘यता हुँदो त्यस्ता गुरु छन् जस्तो लाग्या होइन ।’

‘अहा महाराज ! जहाँ इच्छ त्यहाँ उपाय । यता नभए काशीसम्म पुग्न्या पो हो कि । काशी त विद्वान्हरूका अखडा भन्ने ग-या सुन्या छु ।’

‘ठीक भनिस् बिस्या मेरो आँखा खोलिस् । चाडै नै काशी गई हतियारको जोहो गन्र्या छु । मिल्या छ भने गोत्र पनि परिवर्तन गरिवरि फर्कन्या छु ।’

‘महाराजको जय होस् ।’

यति भनेर बिसे नगर्ची विदा भयो । पृथ्वीनारायण बिसे नगर्चीको सल्लाह बमोजिम गोरखाका घरधुरीबाट एकएक रूपियाँ चन्दा लिएर काशी गई हतियार तथा खरखजाना बन्दोबस्ती गरेर फर्के । फर्कने बेला विद्वान्हरूसँग सल्लाह बमोजिम गोत्र परिवर्तन गरी काश्यप गोत्रीय  बन्न पुगेका थिए ।

यसको पछाडि उनको दुईवटा उद्देश्य थिए । एउटा युद्धमा आफ्नै भाइ खलक पनि मर्न सक्थे । यसो हुँदा गोत्र हत्याको पाप लाग्न सक्थ्यो । त्यसैले आफ्नो गोत्र छाडेका थिए । अर्को काश्यप गोत्र सबैको साझा गोत्र भएकाले आफूलाई त्यसैमा समाहित गर्नु थियो ।

पृथ्वीनारायणले काशीबाट फर्केपछि नुवाकोट हान्ने योजना बनाए तर काजी कसलाई बनाउने भन्नेमा द्विविधा भयो । उनी बिराज बखतीको पक्षमा थिए तर भारदारहरू कालु पाँडेको पक्षमा देखिएकाले सल्लाहका लागि बिसे नगर्चीलाई बोलाउन पठाए ।

‘महाराजको जय होस् ।’

‘आइस् बिस्या !’

‘आया हुँ प्रभु ! बोलाइस्या रह्या छ ।’

‘हो बिस्या ! बोलाया हुँ । पहिले पनि प-या बेला राम्रै सल्लाह दिया होस् । अहिले पनि त्यसैका लागि बोलाई पठाया हुँ ।’

‘आज्ञा होस् महाराज ! सेवक दिलोज्यानले हाजिर छ ।’

‘नुवाकोट हान्या योजनामा तर काजी पो कसलाई बनाउन्या खोइ ?’

‘सरकारले क्या सोचिस्या छ ? ’

‘बिराज बखती ठीक मान्या हुँ । युवक पनि छन् दरबारका विश्वासिला पनि ।’

‘भारदारसँग पनि सल्लाह लिस्यो ?’

‘लिया छु ।’

‘क्या राय दिया छन् त महाराज !’

‘कालु पाँडे भन्या छन् ।’

‘त्यसो भया हुँदी उनैलाई दिनु उचित देख्या छु महाराज !’

‘उनी पनि राम्रै मान्या हुँ तर अलि वृद्ध छन् ।’

‘महाराजलाई थाहै छ । युद्ध जित्न्या कन उमेरभन्दा धैर्य र चलाखीले बढी काम गन्र्या हो । उमेर खाइसकेका हुनाले कालु पाँडेमा यस्तो गुण बढी देख्या छु । अर्को कुरा भारदारको कुरा नसुन्दा विद्रोह हुन सक्न्या छ । अहिलेको अवस्था भन्या विद्रोह होइन मेलमिलाप कन बढी जोड दिनुप-र्या बेला हो । भाइफुटे गवार लुटे भन्या त उखानै छ । बाँकी महाराज मर्जी ।’

‘ठीक भनिस् बिस्या ! त्यसै गन्र्याछु ।’

यति भनेर पृथ्वीनारायणले बिसे नगर्चीलाई विदा गर्दैै कालु पाँडेलाई काजी नियुक्त गरी नुवाकोट हान्न निस्के । यस पटक भने सजिलै नुवाकोट दखल गर्न सफल भए । त्यसपछि उनले बाँचुन्जेल बिसे नगर्चीको साथ कहिल्यै छाडेनन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।