शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

पुटिन र जर्मनीका स्कोल्जबीच रुबलमा ग्यास कारोबारबारे वार्ता

बिहीबार, १७ चैत २०७८, ११ : ३१
बिहीबार, १७ चैत २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चाल्सलर ओलाफ स्कोल्जबीच रुसी ग्यास रुबलमा कारोबार गर्ने मस्कोको प्रस्तावप्रति टेलिफोन वार्ता गरेका छन् । मस्कोले युरो र डलरको सट्टा रुबलमै ग्यासको भुक्तानी गर्न लबिङ गर्दै आएको छ । 

यो विषयमा जर्मनीले गराएको जानकारी अनुसार पुटिनले केही समयका लागि दुई पश्चिमा मुद्रामै ग्यासको भुक्तानी गर्ने विषयमा सहमती जनाएका छन् । त्यसपछि यी भुक्तानी रुसी मुद्रामा परिवर्तन गरिनुपर्ने क्रेमलिनले जनाएको छ ।
पुटिनले स्कोलजलाई बताएअनुसार आफ्नो सरकारले रुबलमा भुक्तानी माग गरेको गरेको छ । ईयूका सदस्य राष्ट्रहरुले बैंक अफ रसियाको विदेशी विनिमय संचिति रोक्का गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकाले रुबलमा ग्यासको भुक्तानी गर्नुपरेको पुटिनले बताएका छन् ।

यद्यपि जर्मनीका आयातकर्ताहरुका लागि यो व्यवस्था कम नाफायुक्त सम्झौता नभएको पुटिनले स्कालेल्जलाई बताएका छन् । जर्मनी आफ्नो ग्यास आपूर्तिको आधा हिस्सा र तेलको एक तिहाई हिस्सा रुसमाथि निर्भर रहँदै आएको छ ।

बर्लिनका नेताहरु रुसी उर्जामाथिको प्रतिबन्धप्रति उसका अन्य केही ईयूका समकक्षीको तुलनामा कम उत्साहित देखिएका छन् । जर्मनीको अर्थतन्त्रलाई जीवितै राख्न रुसको उर्जा अत्यावश्यक भएको स्कोल्जले बताएका छन् । जर्मनीका अर्थ मन्त्री रोबर्ट हाबेकले यसै साता आफ्ना नागरिकहरुलाई बढ्दो प्रतिबन्धको समयमा खपतलाई कम गर्नका लागि आग्रह गरेका छन् ।

तर जर्मनीले आफ्नो हतियारको खेप युक्रेनमा पठाएको छ र रुसमाथिको ईयूको प्रतिबन्धलाई समर्थन गरेको छ । यस किसिमका प्रतिबन्ध लगाउने मुलुकहरूलाई मस्कोले सत्रु राष्ट्रको संज्ञा दिएको छ । यसको अर्थ यी मुलुकहरु क्रेमलिनको उनीहरुले ग्यासको भुक्तानी रुबलमा दिनुपर्ने नीतिबाट प्रभावित हुनेछन् ।

यो नीति अप्रिल १ बाट कार्यान्वयनमा आउनेछ । जसले यो नीति स्वीकार गर्दैनन् उनीहरुको ग्यास कटौती हुने चेतावनी रुसले दिएको छ । स्कोल्जले ग्यास रुबलमा दिनुपर्ने गत साताको पुटिनको माग अस्वीकार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप