बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रुसले मारियुपोलमा गर्‍यो​ युद्धविरामको घोषणा

बिहीबार, १७ चैत २०७८, ११ : २०
बिहीबार, १७ चैत २०७८

रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ ताकि सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् ।

समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै लेख्यो, ‘यस मानवीय अभियानको सफलताका लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तरराष्ट्रिय समितिको प्रत्यक्ष संलग्नता प्रस्ताव गर्दछौँ ।’

मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।

यद्यपि, युक्रेनले यो घोषणाको विषयमा हालसम्म केही भनेको छैन ।

मारियुपोलमा युद्धविरामका लागि पहिला पनि कोसिस गरिएको थियो तर दुबै पक्षमा विश्वासको कमीको अरोपबीच प्रयास विफल भयो ।

रुसमाथि हज्जारौँ नागरिकलाई रुस वा रुस नियन्त्रित क्षेत्रमा जबर्जस्ती लगेको आरोप लागेको छ ।

यो घोषणा अघि बमबारीपछि निम्तिएको विधवंशका नयाँ सेटलाइट तस्बिर सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप