आईपीएल : पहिलो जितको खोजीमा चेन्नई
बिहीबार, १७ चैत २०७८, ११ : १६
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ ।
यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा दुई अंक जोड्ने योजनामा छ । केएल राहुलको कप्तानीमा रहेको लखनउलाई चन्नईविरुद्ध जित निकाल्न सहज भने छैन् । दुई टोलीले प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।