शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल

बिहीबार, १७ चैत २०७८, १० : ४५
बिहीबार, १७ चैत २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताए । लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको खनालले बताए । 

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आम जनतासामु रहेको उनले बताए । नेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने बताउँदै खनालले संविधानको रक्षा र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप