मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा पर्न सक्छौं : बाबुराम भट्टराई

बिहीबार, १७ चैत २०७८, १० : २४
बिहीबार, १७ चैत २०७८

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले बताए । भारत(चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप