आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

बिहीबार, १७ चैत २०७८, ०९ : ०४
बिहीबार, १७ चैत २०७८

रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । 

उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन् । प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ ।  

२४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् । उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप