शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन

बिहीबार, १७ चैत २०७८, ०८ : ५०
बिहीबार, १७ चैत २०७८

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । 

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता बिशभ अधिकारीले बताएका छन् । साथै बैठकले चैत्र २७ गते हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । 

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे। 

नवनिर्वाचित अध्यक्ष शिवराम थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भएपनि सफल बनाएरै छाड्ने दाबी गरे । 
यसअघि राप्रपा मकवानपुरका अध्यक्ष  गुरु प्रसाद सापकोटा लगायत नेता कार्यकर्ता कमल थापा नेतृत्वको राप्रपातिर लागेपछि नयाँ कार्यसमिति बनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप