स्रोत नखुलेको आठ लाखसहित एक युवक पक्राउ

स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
-
बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?
-
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
-
अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन
-
लगातार ५ खेल हारेको चेन्नई लखनउविरुद्ध पुनरागमन गर्ने आशमा