मेगा बैंकका हरेक शाखाले २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने
![मेगा बैंकका हरेक शाखाले २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने](https://rpcdn.ratopati.com/media/albums/MEGA_DESK-cover_pA4Uwakuf5.jpg)
मेगा बैंक नेपालले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इक्यालेण्डर तय गरेको छ । जसअनुसार आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग
परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ चलाइने बैंकले जनाएको छ । सो अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ छ ।
यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि