आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

बिहीबार, १७ चैत २०७८, ०७ : ५४
बिहीबार, १७ चैत २०७८

फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । कतारमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ मेलामा प्रयोग हुने बल बुधबार सार्वजनिक भएको हो । ​एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दी जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झण्डाबाट प्रेरित रहेको छ ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप