युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री
![युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री](https://rpcdn.ratopati.com/media/albums/62441b0c764fa90018baf9d9_TOr98SmIV8.webp)
अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा बुधवार कजाकस्तानमा उत्रिएका छन् । नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा सगसँगै उत्रिएका हुन् । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच तनाब बढिरहेका बेला उनीहरुको सहयात्रा भएको हो ।
अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए । नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भने, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली