नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।
प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ । अदालतले रिट खारेज गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । यसअघि निर्देशिकामा अवकाशको उमेर हद ५८ वर्ष थियो तर निर्देशिका संशोधन गरेर प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने उमेर हद ५६ वर्ष कायम गरिएको थियो । ५६ वर्ष कटेका तर अवकाशको अवधि बाँकी रहेका सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन
-
अवरुद्ध यातायात सहज बनाउन मन्त्री दाहालको निर्देशन
-
अतिकम विकसित देशहरुलाई सहयोग गर्न जी ७७ र चीनलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
-
सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक
-
मकवानपुरको सिस्नेरी चौकी बग्यो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा