शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

बिहीबार, १७ चैत २०७८, ०६ : ३७
बिहीबार, १७ चैत २०७८

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । 

बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।

जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ । 

खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ ।

नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ । ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ ।

गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ इन्चार्ज चाम्लिङले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ ।’ 

गठबन्धन दलको बैठकले आगामी १९ चैतमा जिल्लाका ७९ वटै वडामा अन्तरक्रिया तथा चियापान गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप