पाकिस्तानमा स्थानीय तालिवानको आक्रमण, ६ सैनिकको मृत्यु
पाकिस्तानको उत्तरपश्चिममा रहेको सेनाको शिविरमा बुधबार भएको आक्रमणमा पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमणमा परी कम्तीमा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
ट्याङ्क शहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको दावी उक्त समूहले गरेको छ । पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ ।
पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, ‘व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा छ जना सिपाहीले समाहदत प्राप्त गरेका छन् भने केही घाइते भएका छन् ।’ सेनाले तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भएको तर उनीहरूले मृतक तथा घाइतेलाई आफूसँगै लगेको जनाएको छ ।
टीटीपीले दावी गरे अनुसार उक्त आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका र ठूलो सङ्ख्यामा सैनिक अधिकारीको मृत्यु भएको छ । पाकिस्तानमा आतङ्कवादी घोषित विद्रोही यस समूहले अक्सर आफ्नो उपलब्धिलाई बढाइचढाइ गर्ने गरेको पाइन्छ । त्यस्तै सैन्य जनसम्पर्क विभागले पनि नोक्सानी वा रिपोर्ट गर्न ढिला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन