ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते
बुधबार, १६ चैत २०७८, २१ : ५०
जनकपुरधामको एक घरमा ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते भएका छन् । बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते भएका हुन् ।
घाइते बालकको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । ग्यास पड्केर एउटा सरकारी नम्बर प्लेटको मोटरसाइकल समेत जलेको छ भने घरमा भएका सरसामान जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आइनसकेको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन