शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा एआईजी बढुवा सिफारिस गर्ने बढुवा समितिको निर्णय सदर

बुधबार, १६ चैत २०७८, २२ : ५५
बुधबार, १६ चैत २०७८

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय लोकसेवा आयोगले सदर गरेको छ । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।

चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

लोकसेवाका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव शंकर बैरागी र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सम्मिलित उजुरी सुन्ने सचिवालयले बढुवा समितिको निर्णयमा उजुरकर्ताको दावी बमोजिम ‘त्रुटी नदेखिएको’ निष्कर्ष निकालेका छन् ।

आयोगको निर्णयसँगै एआईजी बढुवा सिफारिस निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरिने गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । बढुवा विरुद्ध उजुरी गर्ने डिआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप