व्यवसायी प्रज्ञा शर्मा नाट्टाको सचिवमा भिड्दै
जुझारु युवा पर्यटन व्यवसायी प्रज्ञा शर्मा नाट्टाको आसन्न निर्वाचनमा होमिएकी छिन् । बिहीबार राजधानीमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) को भावी नेतृत्वका लागि निर्वाचन हुँदैछ । व्यवसायी शर्माले बिनय बस्नेतको प्यानलबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएकी हुन् ।
उम्मेदवार शर्माले विपक्षी प्यानलबाट सचिव पदमा नै उम्मेदवारी दिएकी युविका भण्डारीसँग प्रतिस्पर्धा गर्दैछिन् । भण्डारी अर्का अध्यक्षका दाबेदार रमेश थापाको प्यानलबाट चुनावी मैदान उत्रिएकी हुन् । पर्यटन व्यवसायी शर्मा समग्र पर्यटन क्षेत्रको हकहितका साथै व्यावसायिकता र पर्यटन क्षेत्रको एक पुरानो संस्था नाट्टाको संस्थागत सुधारका लागि सचिवमा आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् ।
उसो त अहिले कोभिड–१९का कारण शिथिल भएको पर्यटन व्यवसायलाई गति दिनुपर्ने र संस्थागत सुधारसँगै सरकारसँग पर्यटन प्रवद्र्धनको मुद्दामा दरिलोसँग लबिङ गर्नुपर्ने चुनौतीका बीच आफ्नो टिमले कुशलतापूर्वक सो जिम्मेवारी पुरा गर्ने उनले बताएकी छिन् ।
शर्मा एडभेन्चर आउटडोर एक्सकोर्सन प्रालिका प्रबन्ध निर्देशक हुन् । विशेषतः टुर तथा ट्राभल्सको क्षेत्रमा काम गर्ने शर्मा होटल तथा पर्यटन व्यवसायमा समेत निकै सक्रिय छिन् । शर्माको प्यानलबाट अध्यक्षमा विनय बस्नेत लड्दैछन् भने वरिष्ठ उपाध्यक्षमा सुधिरकुमार उपाध्याय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा सुदर्शन नेपाल र गीता ढकाल लड्दैछन् । अन्य सदस्यहरूमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडाल जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक लड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने