आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा शुक्रबारदेखि सःशुल्क कोरोना परीक्षण

बुधबार, १६ चैत २०७८, २० : ३७
बुधबार, १६ चैत २०७८

कोरोना महामारीका कारण बेलायतमा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना परीक्षण शुक्रबारबाट अन्त्य गरिँदैछ । सर्वसाधारण जनताहरुको लागि निःशुल्क कोरोना परीक्षणसम्बन्धी सेवा अप्रिल १ बाट अन्त्य गरिने सरकारले घोषणा गरिसकेको छ ।

तर, निश्चित समूहका मानिसका लागि भने उक्त सेवा कायमै राखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी तथा सोझै बिरामीहरुको हेरचाहमा संलग्न केयरहोमलगायत  जेल तथा उच्च जोखिम घरेलु दुर्व्यवहार शरणार्थी जस्ता ठाउँमा  काम गर्ने मानिसहरूका  लागि उक्त सेवा  यथावत राखिएको छ ।

बेलायतमा अझै पनि कोरोना संक्रमितको संख्या घटेको छैन । हरेक १६ जनामध्ये एकजनामा कोरोना संक्रमण रहेको अधिकारीहरुले जनाएका छन् । कोरोना विरुद्धको खोप र एन्टीभाइरल ड्रग्सका कारण कोरोनाबाट हुने जोखिम न्यून भएका कारण सरकारले निशुल्क कोरोना परीक्षणको अन्त गरेको हो ।

स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने  सिमित रुपमा निशुल्क सेवा कायम राखिने भएको छ भने वेल्समा जुलाईबाट निशुल्क सेवा बन्द गरिने भएको छ।

महामारीका बेला सुरु गरिएका कतिपय सेवा  सुविधाहरुको पनि अप्रिल १ तारिखबाट कटौती गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप