काँग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान सक्दैन : महत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली काँग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् । नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली काँग्रेसले लिएका उदारवादी नीतिहरूले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र बिजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गरेका हुन् ।
कम्युनिष्ट पार्टीहरूले काम हैन कुरा बढी गर्ने गरेको दाबी दिँदै उनले भने, “अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरूले गरेको गफमा सामान्य मतदाता झुक्किँदा नेपाली काँग्रेस पराजित भयो । २ वर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरूले चुनाव जित्नुभयो तर ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि काँग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”
काँग्रेस प्रवक्ता डा.महतले पूर्ववर्ती नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना सङ्क्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाए । उनले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोना विरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको र मुलुक सामान्य अवस्थामा फर्केको पनि दाबी गरे ।
“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसद्को निर्वाचनमा नेपाली काँग्रेसले जित्न जरुरी छ,”, डा। महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम
-
एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला
-
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यु–१९ एसिया कप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
-
बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम धमाधम (तस्बिरहरू)