सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

विवाहको कुरा गर्न गएका पुरुषलाई बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्षको जेल सजाय

बुधबार, १६ चैत २०७८, २० : १३
बुधबार, १६ चैत २०७८

बलात्कार गरेको झुटो आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । अछामकी १९ वर्षीया किशोरीले सोही जिल्लाका एक पुरुषलाई जर्बजस्ती गरेको आरोप लगाएपछि उनलाई अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।

घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर बलात्कार आरोप लगाएकी किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजाय सुनाएको हो । किशोरीले विवाहको प्रस्ताव लिएर घरमा आएका पुरुषमाथि बलात्कार आरोपमा गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले लिएको बयानमा ती पुरुषले आफू माघ १५ गते विवाहको लागि माग्न आएको र त्यस क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् । यस्तै बयानमा किशोरीले पनि विवाह नगर्ने त्रासले बलात्कारको आरोप लगाएको बताएकी छन् । 

अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ । दुवै पक्षको बयान र आवश्यक प्रमाणका आधारमा अदालतले किशोरीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप