आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

बुधबार, १६ चैत २०७८, १९ : ४२
बुधबार, १६ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।  

 पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । 

आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र काँग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप