आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वव्यापी जल नेतृत्व कार्यक्रम कार्यान्वयनमा

बुधबार, १६ चैत २०७८, १९ : ०२
बुधबार, १६ चैत २०७८

सुधारिएको जल, सरसफाइ र स्वच्छतासम्बन्धी सेवा एवं जलवायु उत्थानशीलताका लागि नेतृत्व विकासमा सहयोग गर्ने उद्देश्यले ‘विश्वव्यापी जल नेतृत्व कार्यक्रम’ कार्यान्वयनमा आएको छ । 

विश्व जल साझेदारी संस्था, युनिसेफ, सबैका लागि सरसफाइ तथा पानी, खानेपानी, सरसफाइ, स्वच्छताका लागि संयुक्त अनुगमन कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यक्रम सन् २०२४ सम्म सञ्चालनमा रहनेछ ।  
 
नेपाललगायत बङ्गलादेश, चाड, मध्यअफ्रिी गणतन्त्र, मडागास्कर, प्यालेस्टाइन, रुवाण्डा, तान्जानियाँ र युगान्डा गरी १० देशमा यो कार्यक्रम कार्यान्वयनमा रहेको छ । कार्यक्रमले प्रभावकारी र समावेशी जलवायु उत्थानशील जल नीति तथा रणनीति लागू गर्न सरकारलाई सहयोग गरी जलवायु–उत्थानशील समुदाय कायम गर्न सहयोग पु¥याउने जल तथा ऊर्जा आयोगको विश्वास छ ।

कार्यक्रममा जलस्रोत व्यवस्थापन तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्र सङ्लग्न रहेका छन् । कार्यक्रमको कार्यान्वयनबाट जलस्रोत व्यवस्थापन र वास सेवामा जलवायु परिवर्तनको प्रभाव पहिचान गर्न र जलवायु वित्तको पहिचान तथा पृष्ठपोषणका लागि व्यापक अवसर मिल्ने आयोगले जनाएको छ ।

देशमा जलस्रोत व्यवस्थापन र वास सेवासम्बन्धी महत्वपूर्ण तथ्याङ्कको सङ्कलन तथा विश्लेषण गरी सम्बन्धित नीति र रणनीतिलाई रूपान्तरण गर्दै लैजान मद्दत पुग्ने आयोगको विश्वास छ । जल सुशासनलाई सुदृढ गर्न तथा उत्थानशील एवं समावेशी जलस्रोत व्यवस्थापन र वास सेवाका लागि सरोकारवालाको सहकार्यलाई बढावा दिने, स्वास्थ्य, जीविकोपार्जन, जलवायु उत्थानशीलता र आर्थिक वृद्धिका लागि दिगो जलस्रोत तथा वास सेवाको महत्वका बारेमा पैरवी गर्न सहयोग पुग्ने आयोगले जनाएको छ । 

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगका सचिवको अध्यक्षतामा १७ सदस्यीय कार्यक्रम समन्वय समिति गठन गरिएको छ ।
 
जलवायु स‌कटासन्नताका कारण विकासोन्मुख देशले भोगिरहेका चुनौतीको सम्बोधन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । एक तथ्याङ्कअनुसार सन् २०२० मा करिब दुई अर्ब मानिस सुरक्षित पिउने पानीको प्रयोगबाट वञ्चित भएका थिए । यसैगरी दुई अर्ब ३० करोड मानिस आधारभूत हात धुने सेवा र तीन अर्ब ६० करोड मानिसले सुरक्षित सरसफाइको सेवा पाएका थिएनन् ।

कार्यक्रम कार्यान्वयनको तयारीबारे छलफल गर्न आज आयोजित कार्यशालामा आयोगका सचिव दिनेशकुमार घिमिरेले दिगो विकास लक्ष्यका ६ नंको उद्देश्य हासिल गर्न व्यक्त गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । उनले कार्यक्रमले सङ्कटासन्नता समुदायमा स्वच्छ पिउने पानीको सुविधा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्य राखेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप