आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राजविराज दी किङ्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

बुधबार, १६ चैत २०७८, १८ : ४९
बुधबार, १६ चैत २०७८


राजविराज दी किङ्सले चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । राजविराज स्थित राज रंगशालामा सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो । 
उपाधि सहित राजविराज दी किङ्सले तीन लाख रुपैयाँ तथा उप–विजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी तिलाठी कोइलाडीका सुनिल धमला घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे । 

राजविराज दी किङ्सले जितका लागि दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा  तिलाठी कोइलाडीले १७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ राजविराजका लागि नन्दन यादव र अनिल यादवले ३-३ विकेट लिए । त्यस्तै फिर्दोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराजले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रन बनाएको थियो । राजविराजका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । त्यस्तै  रुपेश सिंहले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ अविशेक कार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २÷२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप