बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ’

बुधबार, १६ चैत २०७८, १८ : ४९
बुधबार, १६ चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । 

अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे । प्रेस चौतारी रुपन्देहीले बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गरे । 

पौडेलले समृद्धि, विकास र सामाजिक न्यायका लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आमसञ्चार माध्यममार्फत जनतामा ल्याउन सञ्चारकर्मीलाई आग्रह गरे ।  

प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्यले देशको समृद्धिलाई ध्यानमा राखेर सक्रियताका साथ कलम चलाउन आग्रह गरे । प्रेस चौतारीको केन्द्रीय समिति र प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप