एकान्तकुनास्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ
बुधबार, १६ चैत २०७८, १८ : ४२
काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना ठुला, बागमती बाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ ।
यातायात कार्यालयमा सेवाग्राहीलाई अवरोध खडा गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई ललितपुर प्रहरीले ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा, उदयपुर घर भएकी १९ वर्षीया कुसुम दनुवार, ओखलढुंगाका ३२ वर्षीय अर्जुन विश्वकर्मा र गुल्मी घर भएका २१ वर्षीय अरुण मगर लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)