ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने
ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको छ । नेटवर्कले व्यवसाय सन्चालन गरिरहेका ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न आईएनजी ग्रुपद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको हो ।
युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु रहेको ओपन स्पेस नेटवर्कले जनाएको छ । सात प्रदेशबाट ८१ जनाले उम्मेदवारी दिएकोमा उत्कृष्ट ३० छनोट भएको र त्यसमध्ये ७ जनालाई अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भएका छन् ।
छनोट भएकामा आङ छेछी शेर्पा, ईशा बल्ला, काजोल झा ठाकुर, कृतिका लम्साल , सजल मल्ल, श्रेया गिरी र श्रेया कटुवाल रहेका छन् । निर्णायकमा आईएनजी ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकी, क्ष्म्भ् नेपालका कन्ट्री डाइरेक्टर कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिककि संचालक डा। श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमकी संस्थापक छाया शर्माले ७ जनाबाट उत्कृष्ट एक जनालाई छनोट गरेका थिए ।
छनोट भएका एकजनाको घोषणा बिहीबार हुने आयाेिजकले जनाएको छ । उत्कृष्ट एक महिलालाई एक लाख पुरस्कार प्रदान गरिनेछ । कार्याक्रम बिहीबार हेरिटेज गार्डन ललितपुरमा हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम
-
एमालेबाट मन्त्री बन्न तीन मापदण्ड, व्यक्ति छान्ने जिम्मा ओलीलाई
-
एमाले सांसदहरुको एकै स्वर : प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्छ
-
बाढीको चपेटामा दक्षिण एसिया
-
सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’
-
तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा