बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने

बुधबार, १६ चैत २०७८, १७ : ५१
बुधबार, १६ चैत २०७८

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको छ । नेटवर्कले  व्यवसाय सन्चालन गरिरहेका  ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न आईएनजी ग्रुपद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२  आयोजना गर्ने भएको हो ।

युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु रहेको ओपन स्पेस नेटवर्कले जनाएको छ । सात प्रदेशबाट ८१ जनाले उम्मेदवारी दिएकोमा उत्कृष्ट ३० छनोट भएको र त्यसमध्ये ७ जनालाई अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भएका छन् ।

छनोट भएकामा आङ छेछी शेर्पा, ईशा बल्ला, काजोल झा ठाकुर,  कृतिका लम्साल , सजल मल्ल, श्रेया गिरी र  श्रेया कटुवाल  रहेका छन् । निर्णायकमा  आईएनजी ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकी, क्ष्म्भ् नेपालका कन्ट्री डाइरेक्टर   कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिककि संचालक डा। श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमकी संस्थापक छाया शर्माले ७ जनाबाट उत्कृष्ट एक जनालाई छनोट गरेका थिए ।

छनोट भएका एकजनाको घोषणा बिहीबार हुने आयाेिजकले जनाएको छ ।  उत्कृष्ट एक महिलालाई एक लाख पुरस्कार प्रदान गरिनेछ । कार्याक्रम बिहीबार हेरिटेज गार्डन ललितपुरमा हुने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप