आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘एनिमल’मा रणवीर र रश्मिकाको केमेस्ट्री

बुधबार, १६ चैत २०७८, १७ : ४०
बुधबार, १६ चैत २०७८

मुम्बई । फिल्म ‘एनिमल’मा अभिनेत्रीको रुपमा रश्मिका मन्दानी भित्रिएकी छन् । रणवीर कपुरको मुख्य भूमिका रहने यो फिल्मबाट  परिणीति चोपडा बाहिरिएपछि उनी भित्रिएकी हुन् । सन्दीप रेड्डी वाङ्गा निर्देशक रहेको फिल्म ‘एनिमल’ लगातार चर्चाको विषय बनेको छ । सुरुको समय फिल्ममा रणवीर परिणीति एकसाथ देखिने कुरोले चर्चा थियो । अहिले परिणीतिले फिल्म छाडेपछि रश्मिका मुख्य भूमिकामा देखिन लागेको कारण चर्चामा छ ।

रणवीर र रश्मिकाले पहिलो पटक यसै फिल्म मार्फत एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । फिल्ममा रश्मिका र रणवीरको केमेस्ट्री उत्कृष्ट हुने निर्माण युनिटको विश्वास छ ।
फिल्मको छायांकन यसै बर्षको जुनबाट हुने बताइएको छ । फिल्म निर्देशक सन्दीपले यस अगाडि ‘कबीर सिंह’, ‘अर्जुन रेड्डी’ जस्ता हिट फिल्म दिएका छन् । 

रणवीर ‘एनिमल’को अलवा छिट्टै अभिनेत्री आलिया भट्टसँग ‘ब्रह्मास्त्र’मा समेत देखिँदैछन् । रश्मिकासँग भने अहिले थुप्रै फिल्म रहेको बताइन्छ । उनी पछिल्लो समय ‘पुष्पा’कान कारण चर्चामा छाएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप